तिमी बग्दै छौ
म पनि जाँदै छु
यो शहरलाई छोडेर
एकदिन तिमी महासागर पुग्ने छौ
त्यसैको एक हिस्सा बन्ने छौ
म कतै पहाडको माटोमा हुनेछु
वनफूल भई फुल्ने छु
के तिमी आउँछौ र फेरि
मलाई भेट्न भनेर
झरी बनेर ?
स्कुलमा खाजा खाँदा अनि
ट्युसन जाँदा
पुष्पा तिम्रा किस्सा कथा
सुनाउने गर्थिन्
जब, म जीवनको उत्तरार्द्धमा
पुष्पाञ्जलीसँगै बसेर गफिने छु
जीवनको लामो यात्राको
समीक्षा गर्नेछु
के तिमी आउँछौ र फेरि ?
हामीलाई भेट्न भनेर
मिठो प्रसङ्ग बनेर ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला