सार्वजनिक यातायातमा
मान्छे चढ्छन्, ओर्लन्छन्
मान्छेको जीवनमा
भावना, विचार,
कहिले जाममा लामो
पङ्क्तिमा उभिरहेछ
टन्टलापुर घामपानी
हावाहुरी नभनी
त कहिले सरर
गुडिरहेको छ एक रफ्तारमा गन्तव्यमा पुग्ने जोडले
बसस्टपमा मान्छे चढाउँदै
ओराल्दै गरेजस्तै
विचारहरू झर्दै उक्लदै गर्छन्
कहिले खचाखच मान्छे भरिए जस्तै भरिन्छ
र
एकाएक रित्तो हुँदै जान्छन्
विचारहरू ओर्लंदा ओर्लंदै
मान्छेहरू उकुसमुकुस अनुहार लागेर
हतार गरेजस्तै विचारहरूले
साससम्म फेर्न सक्दैनन्
अझै भनौँ
फरकफरक मान्छेहरूजस्तै
फरकफरक विचारहरूको
एउटा सार्वजनिक बस जस्तो जिन्दगी
कहिलेकाहीँ झुक्किएर
नियम विपरीत गए
ट्राफिकले चिट दिएजस्तै
जिन्दगीले सजाय दिइरहन्छ बेलाबेलामा
साँच्चिकै रमाइलो छ जिन्दगी
सार्वजनिक यातायातजस्तै
र
दुर्घटना हुन लागेको देख्दादेख्दै पनि
न हामफाल्न मिल्ने, न बसिरहन मिल्ने
के तपाईंलाई सार्वजनिक बसजस्तै छैन त जिन्दगी ?
स्याङ्जा
हालः काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।