सूर्य जस्तै जून पनि उदाउन अनवरत छ
सूर्य आफैंमा एकलो भए पनि,
जून आफैंमा एकलो भए पनि ।
ताराहरू मात्रै एक अर्का सँगै उदाउछन्
उनीहरू बिच कहिले द्वन्द्व हुँदैन
को रात्रि गगनमा पहिला उदायो अनि
को धेरै चम्कियो भनेर
तिमी पनि त्यसैगरी चम्किलो र अनवरत रहनु
घरी सूर्य र जून जस्तै भएर उदाउनु
घरी ताराहरू जस्तै अरु सँगै उदाउनु
केवल कहिलेकाहीँ सम्झनु
सूर्य र जून एक्लो भए पनि अनवरत छन् ।