न उस्को म
न मेरै म
म त म भित्रको चेतना म
लुगा फेरेझैँ
शरीर फेरिएको आत्मा म
म मैबाट छुटिने
ईश्वरको सृजना म
शरीर जले पनि कर्म नजल्ने
ईश्वरको सेवक म
काललाई फर्खेर बसेको
ईश्वरको भक्त म
न कसैको बिलौना सुन्ने म
न त सुनाउने म
म त खाली ईश्वरको इसारामा
नाच्ने नर्तकी म
न कलाकार म
न त सलहाकर म
म त ईश्वरको लीलाको
रचित एक अनभिज्ञ पात्र म
न त घर नै मेरो
न भूमि नै मेरो
दुई दिनको डेरामा बस्ने
मात्र हैसियत मेरो ।
बिर्तामोड, झापा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला