बाँडेथेँ शुभकामना विगतमा, झन् भ्रष्ट बड्दै गए ।
लोभी दम्भि र तस्करहरु , झन् प्रष्ट बन्दै गए ।।
जाली भ्रष्ट र क्रुर निच पनका,देख्यौँ जता हो त्यतै ।
हाम्रो वर्ष नयाँ उही विगत झैँ भो भो नआवोस कतै ।।१।।
——————
नाकाबन्द भयो सीमा वर स-यो काँपिन् धरा थर्थरी ।
हाम्रा ती शुभकामना सँगसँगै आँसू झ-यो बर्बरी ।।
कोरोना विष फैलियो मरिसके लाखौँ जता हो त्यतै ।
हाम्रो वर्ष नयाँ उही विगतझैँ भो भो नआवोस् कतै ।।२।।
—————-
बढीले जलमग्न भो धरती यो पैह्रो चलेको थियो ।
कैयौँ लास म देख्दथेँ बगरमा छाती जलेको थियो ।।
कोरोना विष फैलियो मरिसके लाखौँ जता हो त्यतै ।
हाम्रो बर्ष नयाँ उही विगतझैँ भो भो नआवोस कतै ।।३।।
—————
अर्काको मतियार भै मुलुकमा हेप्ने र चेप्ने हटुन् ।
सच्चा मानवता हुनेहरु सबै यै देशमानै अटुन् ।।
लत्यावोस् चुसुवा लठैतहरु जो लुट्थे र रम्थे हदै ।
हाम्रो बर्ष नयाँ उही विगत झैँ भो भो नआवोस कतै ।।४।।
—————
भित्रियोस् अब लोकतन्त्र जनमा ती कन्दरा गोठमा ।
नौला भाव र सिर्जना चलिरहुन् लाली चढून् ओठमा ।।
भागोस् ब्यग्र कथा ब्यथा विगतका देख्यौँ जता हो त्यतै ।
हाम्रो बर्ष नयाँ उही विगत झैँ भो भो नआवोस कतै ।।५।।
===============================
पोखरा १६ कास्की
============================
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।