यात्रामा
उमङ्ग हुन्छ, उत्साह हुन्छ
यात्रामा
रहर हुन्छ, सपना हुन्छ
अनि गन्तव्य नभेटिउन्जेलको अनिश्चिता हुन्छ

यात्रामा
अनिश्चितता पार गरेपछिको रोमान्च पनि हुन्छ
यात्रा प्रेम गरेजस्तै रहेछ
यात्रा प्रेमिकाजस्तै रहेछ

म जीवनभर फरक फरक यात्रा गरिरहेछु
थाहा छैन मेरो यात्रा कहिले रोकिन्छ
गन्तव्य मिलेपछि
या गन्तव्य नमिल्दै।

रत्ननगर ३, चितवन