जोगाउनु पर्छ हामीले देशको वनजङ्गल ।
वनजङ्गल जोगाएमा हुन्छ हाम्रै मंगल ।।
वनजङ्गलबाटै मिल्छ हामीलाई अक्सिजन ।
अक्सिजन चाहिन्छ हामीलाई बचाउन जीवन ।।
वनजङ्गलमै पाउँछौँ हामी अनेक जडीबुटी ।
यसैबाट बन्छन् धेरै आर्युवेदिक औषधि ।।
वनजङ्गल नै हुन् हाम्रा पानीको मूल स्रोत ।
देश समृद्ध बनाउने हाम्रा जलस्रोत ।।
वनजङ्गल नै जीव जन्तुको हुन्छ वासस्थान ।
वन विनाशले वासस्थानको पार्छ निमिट्यान ।।
वन विनाशले हुन्छ जमीन मरुभूमीकरण ।
वन संरक्षणबाट हुन्छ विपद् न्यूनीकरण ।।
घाँसपात, काठ, दाउरा बनबाट नै पाइन्छ ।
यसको लागि वैज्ञानिक वन व्यवस्थापन चाहिन्छ ।।
वनजङ्गलको गर्नु हुन्न जथाभावी फँडानी ।
वनजङ्गलमै निर्भर गर्छ हाम्रो जिन्दगानी ।।
विकास भन्दै मनपरि रुख काट्न रोक्नु पर्छ ।
एउटा रुख काट्नु परे दुइटा रोप्नु पर्छ ।।
वनजङ्गलको संरक्षणमा सबै लाग्नु पर्छ
देशलाई सुन्दर हरियाली बनाई राख्नु पर्छ ।।
वन जोगाउने अभियान नै चलाउनु पर्छ ।
विरुवा रोप्ने मात्र होइन हुर्काउनु नि पर्छ ।।
वनजङ्गलको विनाशले ठूलो क्षति हुन्छ ।
वनजङ्गल जोगाए मात्र देश समृद्ध बन्छ ।।
गट्ठाघर–२, भक्तपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला