सायदै अब म भेटिन्छु
तिम्राे धुमिल सम्झनामा
तिम्राे प्रेमिल कल्पनामा
तिम्रा सपनामा, लक्ष्यमा
तिमीले साेचेजस्तै तिम्राे भविष्यमा
या तिमीले मसँगै हिँड्ने भनेकाे यात्राकाे गन्तव्यमा
बिस्तारै,
म तिम्रा आदतहरूबाट मेटिन्छु
तिमीले पठाउने खतहरूबाट मेटिन्छु
तिम्राे मन्द मुस्कानहरूकाे स्वागतबाट मेटिन्छु
सायद तिम्राे साथले ल्याई पुर्याएकाे आगतबाट मेटिन्छु
म त आफैँभित्र हराउँदै गएकाे मान्छे
म आफैँ नभेटिन सक्छु
मैले साेचेकाे साेचहरूमा
मैले गरेकाे खाेजहरूमा
म अल्झिरहन सक्छु आफैँमा
जसरी कुईराेभित्र अल्झिन सक्छन् कागहरू
म रुमलिरहनु सक्छु
आफैँभित्रकाे विराेधाभासमा
यदि खाेज्नु नै छ भने मलाई खाेज्नु
बुकीफुलरुपि बादलहरूकाे आकाशमा
सासझैँ प्रिय लाग्ने गृष्मकाे बतासहरूमा
कुनै दिन
साँच्चै खाेज्न मन लागे मलाई खाेज्नु
तिम्राे दिलकाे भँडासहरूमा
म त आफैँभित्र हराउँदै गएकाे मान्छे…!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।