किराँतीकाे छाेराे हाे ऊ
माँझ किराँत राज्यकाे संरक्षण गर्न
उसलाई माङले पठाएकाे
ऊ अर्थात हर्क साम्पाङ
जनतालाई विकासमा फाेडकाे दिएर
देशकाे पीडा आफ्नै आँसुसँग पिएर
घरी “गुईँठे” गीत गाइरहनु हुन्छ
घरी मादल बजाइरहनु हुन्छ
घरी बाँसुरीकाे धुनसँग
कुहुमा*लाई बाेलाई रहनुहुन्छ

घरि विरक्त लागेर
वनजङ्गलका लहरासँग
बच्चेपिङ खेलिरहनु हुन्छ
शनिबारलाई नाम फेरेर
ऊ श्रमबार भन्नुहुन्छ
“आऊ युवा हो, मलाई साथ देऊ म भविष्य दिन्छु”
भनेर युवाहरूलाई देशमै
श्रम र रोजगार गर्न
हौसला दिनुहुन्छ
इसाको अन्तिम शताब्दीतिर
सुनसरीकाे विजपुरमा
किराँतीकै राज्य बसालेको
किरातीकाे खुद सन्तान हो हर्कराज साम्पाङ

उस्लाई बराह, दन्तकाली, पिण्डेश्वरको
आशीर्वाद विष्णुको पदचापसँग
एकै चाेटी पाएकाे हाे
धरतीकाे पहिलाे धाम बराह-
बुढा सुब्बा र सुब्बेनीकाे वरदान पाएकाे
किराँतीकाे एक्लाे सन्तान हर्क दाइ

उसकाे विचारकाे बाटाेलाई
अचेल हर्कवाद भन्दारहेछन् दुनिया
हुन पनि हाे,
हिजाे माओले चीनमा
लेनिनले रुसमा वादहरुकाे निर्माण गरे
आज तेसैलाई माओवाद, लेनिनवाद भन्छन्
साम्राज्यवादीहरूकाे
रुखका हाँगालाई छास्न निस्केकाे हाे
धर्मवादीहरुकाे घण्टा हिर्काउन निस्केकाे हाे
मालवादीलाई बाटाे चिनाउन हिँडेकाे हाे
बाटाे त गलत गर्दैस माओजी
माल त श्रममा भेटिन्छ
घरी यता घरी उता फिट्टे जुका जस्ताे
जनताकाे हैसियत न नाप न मालवादी जी!
मैले त सम्झा”काे मात्र न हुँ
देश हामीसँग गुहार मागिरहेछ
जनता हामीसँग आशा गरिरहेछन्
“समृद्ध नेपाल,सुखी नेपाली”काे
वास्तविक अर्थ…
के उत्तर हामीसँग छ ?
उत्तर त प्रत्येक वर्ष लाखौँ युवालाई
पलायन हुनबाट राेकेर
देशमै राेजगार दिनु र देश विकास गर्नुमा छ

वृक्षराेपण गरी युगौँ
भविष्यसम्म फल दिनु र पाउनुमा छ
राजाकाे हलाे, गाेरु नारेर
भाले बास्दाखेरी
तिम्रा विकासे विरुवाकाे मुना पो आउनुपर्छ
हँसिया र हथाैडा श्रममा लगाउनु पर्छ
घाम झुल्किदै गर्दा त
मादलसँग नाचगान पाे गर्नुपर्छ
एउटै छाताभित्र पाे अडिनुपर्छ
ए..युगाैका पूर्खाहरू हो भन्नुहुन्छ

अनि घरी सोचमग्न हुन्छ
के यो भूमिमा जनतालाई खुसी बाँडदा लिन्छ ?
फेरि
साेच्छ…हाेइन लिनेले लिन्छन्
दिनेले धाेका पनि दिन्छन्
लिइरहेकाे खुसीमा आगाे सल्काउँछन्
तर पनि हार..मान्नुहुन्न भन्नुहुन्छ
घरी देशकाे आँखामा आँसु बगाउँछ
धरानेलाई विकासे फल चखाउँछ
र त
जनताकाे लस्कर आफ्नै रगतमा
हरहमेशा बगाउँछ ऊ
ऊ अर्थात हर्क साम्पाङ
ऊ एक्लाे याे युगकाे कान्छा यलम्बर
त्यसैले हर्कवाद जिन्दावाद ।
…..