परिवर्तन वा विद्रोह
या क्रान्ति
क्रान्ति हो देश र जनताको लागि
तीनटै संघर्षको शब्दार्थ
परिवर्तन हुन्छ
विद्रोह गर्छ
अथवा क्रान्ति सशस्त्र हुन्छ
क्रान्ति
वर्ग संघर्ष वा शान्तिपूर्ण
अथवा क्रान्ति
स्वतन्त्रताको लागि
वा समानताको बाटो
क्रान्तिमा आहुति
के बुझौँ कामरेड
यही हो तरवारको धार
क्रान्ति
मबाट हुन सक्दैन ?
मैले गर्न सक्दिनँ ?
तिम्रो हौसला
मेरो क्रान्तिकारीपन
अन्तरआत्मादेखिको आशक्ति
तिम्रो उत्साह
उठाउनु क्रान्तिलाई
वर्ग संघर्षको ज्योति
फैलाउनु विश्वमा
बिना विश्राम
विद्रोह,
जो कोहीले गर्न सक्दैन
त्यसको लागि ज्ञानेन्द्रीयदेखिको शक्ति
सोच–विचार, सिद्धान्त र व्यवहार
बिना दिशानिर्देश र बाटो
त्यसैले अक्सर विद्रोह
असफल हुन्छ
बलिदानमा टुङ्गिन्छ
वा क्रान्ति
आहा…
सुन्ने बेलामा नै कति आनन्द
यमराजको ढोका हो क्रान्ति
न त्यसै आउँछ न शान्तिपूर्ण
यो त सशस्त्र संघर्षले मात्र हुन्छ
त्यो वर्ग संघर्षबाट
जसले देशभक्तिपूर्ण बलिदानी
जसले जनतालाई सचेत र संगठित गर्छ
जसले मृत्युलाई हत्केलामा बोकेर हिँड्छ
उसलाई न विछोडको डर न मृत्युको
दह्रो मुटु, कोमलो होइन
क्रान्तिबिना यो संसार शून्य हुन्छ
क्रान्तिबिना आमूल परिवर्तन हुँदैन
गाँस, बाँस, कपासको ग्यारेन्टी हुँदैन
नभत्की नयाँ निर्माण हुन्न
रात नपरी नयाँ बिहान हुन्न
एक जुगमा एकचोटि त्यो उथलपुथल हुन्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला