सकरात्मक सोच रहेछ आफैँमा मनोहर
नगरौँ मुनालाई शारीरिक प्रहार
देश रहेछ एउटा धरोहर
प्यारको पत्र लेख्न लाग्छ लामो प्रहर
हिमाल नै रहेछन् अद्भुत गीतकार
पक्षी रहेछन् अन्मोल संगीतकार
गँड्यौला रहेछन् घर्तीका कुचिकार
मन रहेछ एउटा निर्जन किनार
बालुवा रहेछन् घर्तीका बगर
स्नेह रहेछिन् एउटा कोमल रबर
यो दिल किन रुन्छ बार बार
प्रेम रहेछ एउटा मौसम सदाबहार
दुस्मनलाई पनि अंकमाल गर्छन्
यो संसार
म रहेछु एउटा सचेत बालक
दया हो मेरो आकार
खोजी गर्दछु
शुद्ध चैन्तयको
जुन छन् निराकार
जो जन्मिएका
थिएँ लोकमा
छर्न परोपकार
त्यसैले नगर्नु कसैलाई
कर्म अहितकार
आफू पनि खुसीले बाचौँ
अनि गरौँ सत्कर्म सदाबहार
नगर कुनै कर्म
जसले कायालाई
दिन्छ कष्टपूर्ण आकार
माताको हाथले नै
बन्छ घर्तीको सर्वश्रेष्ठ परिकार
करुणा रहेछ नरित्तिने धन्सार
जीवन लाग्दोरहेछ कसैलाई निस्सार
हाँस्दा फ्याँक्ने रहेछ मनले कसिङ्गर
नैराश्यताबाट कोही छैन कुनै बेला मुक्त क्षणभङ्कुर
गरौँ सबैलाई खुसी बनाउने रहर
लालीगुराँस जीवनमा एकचोटि
गरौँ चुम्ने रहर
हे मन किन गर्छौ काल्पनिक दुःखको आविष्कार
ईर्ष्याले बनाउँछ संसारलाई अन्धकार
करुणा रहेछ सबैभन्दा ठूलो उपकार
दुःखीको हाँसोमा मिल्छ ईश्वरको उपहार
हेला गरेँ धरामा आउने छ महाहाहाकार
मानवता नै रहेछ सबैभन्दा ठूलो अलङ्कार
मानिस हुन्छ पशुतुल्य जब हाबी हुन्छ अहंकार
म न हिन्दु हु, न मुसलमान, न त इसाई
मलाई कृपया दिलाऊ बाँच्ने आधार
यो जिन्दगी रहेछ एउटा महत्त्वाकाङ्क्षी कथाकार
रहेछ सबैभन्दा ठूलो आनन्द
जब हुन्छ साथ परिवार ।

बर्तुङ्,पाल्पा (हालः युके)