
गरेर पहिरन सिमेन्टका वस्त्रहरू
कर्कटपाताका
गगनचुम्बी कङ्कालले
नयाँ सुविधासम्पन्न
छानो त दिए
तर जलाए चितामा
ती हराभरा वनस्पतिहरूलाई
लाग्नेरहेछ दशकौँ
एउटा तरुलाई
बालापनदेखि
वृद्ध चक्र पार गर्नलाई
केही क्षणभरमै
आरारुपी दानवका दाराले
रक्ताम्य पारेर
बनाउँछन् आफ्नो आहार
चुँडेर उसको प्राण
ती हरिया वनस्पतिलाई
देखेको छु मैले ती हरिया लताको
रोदन पनि
रहेछन् चेतनाकै भिन्न स्वरुपहरू
चुमेर सुगन्धी फूलमाझ
आफ्ना ओठहरू
अङ्कमाल गर्नु भए
आफ्नो हृदयलाई
यिनका आन्तरिक वेदना
मिल्नेछ ग्रहण गर्नलाई
भित्री स्फुरणले मात्रै
भएको रहेछ
यो सृष्टि सम्भव
फङ्गस र वनस्पतिको सामीप्यले
गरेका थिए फङ्गस
यो धारामा राज पहिले
गगनचुम्बी फङ्गस महाराजका
सन्ततिहरूले
गरेका थिए शासन
त्यो कालखण्डमा
रहेछ हाम्रो अस्तित्व
केवल हजारौँ वर्ष मात्रै
तर रहेछ फङ्गस र वनस्पतिको
प्रेमिल मिलन
अर्बौं वर्षअगावै
जब बिग ब्याङले
जन्म दियो नयाँ ब्रह्माण्डलाई
भएको थियो जब गतिमा
शान्ति
त्यही ग्यास नै
जन्मिएकी थिइनँ
भएर पदार्थरुपी धरा
खाँदैछ डठेलोले
सिंगो वनस्पति र जीवलाई अहिले
सृजना भएको छ
वनस्पतिका पातहरूका
फोक्सोमा गति
अझै अलि बढी बढ़ी
भएको छ कार्बन
कालकूट जहर सरी
धरापमा छ
सिंगो मानव सभ्यता पनि
हुँदै गएकी छिन्
पृथ्वी ज्वरोले
बिमार दिनानुदिन
निल्ने छिन् महासागरले
धेरै देशलाई
अबको ६ दशकमा नै
आउँदैन हामीमा
प्राकृतिक संरचना रक्षार्थ
चेतना परन्तु आजै
हुनेछ अकाल मृत्युवरण
आफैँले निर्माण गरेको
वत्सनाभबाटै
बाँच्ने छन्
धेर वनस्पतिको कथा
धेरै जीवको कथा
एउटा गद्द भएरै
किताब खानामा
रहेछ कछुवा यस्तो जीव
आफ्नो सन्तति जन्माउन
हजारौँ माइलको
सामुद्रिक यात्रा गरेर
आफ्नो जन्मभूमि
आउने रहिछन्
त्यही बगरमा
जहाँ जन्माएकी थिइन्
जननिले
छैन त्यो बलौटे जमिन अहिले
ती अण्डा फक्रन नपाएर
भएका छन्
पक्षीका आहार
छैन प्रसूति वास
यो धरामा
गरेकी छन्
त्यो बगरलाई
महासागरले
आफ्नो जलले
विलिन
छन् कसुरवार
धराबासी मनुवाहरू
जसले गरेका छन्
कार्बन रुपी
कालकुट बिषको
विसर्जन दिनानुदिन
प्वाल परेको छ
घर्ती आमाको
हानिकारक किरण
रोक्ने
कवजहरू
पग्लिएका छन् ध्रुवीय हिमफाँटहरू
सूर्यको धापले
बनाउँदै उठिबास
ध्रुवीय भालुहरूलाई
अब सम्भार
नगरे प्रकृतिको आजै
आउने छ
एउटा महाप्रलय
जसको निर्माता हुन्
मानव नै
तसर्थ यो महासिन्धु
आउनु पूर्व
जन्माउनु पर्नेछ घर्ती माताले
हजारौँ ग्रेटाजस्ता छोरीहरू
जोगाउन घर्ती आमाको अस्तित्व
खाँचो छ
चिन्तन साथै
कर्मठ हातहरूद्वारा
मलजलको शुभारम्भ
अब हुनु पर्नेछ
प्रकृति जगेर्ना हेतु
पर्याक्रान्तिको
सुरुवात आजै ।
बर्तुङ्, पाल्पा (हालः युके)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

