मेरो पछ्यौरा त्यति कमजोर थिएन
जसरी उनीहरूले च्यातिदिए
तिमीले समाएका यी नरम हातलाई
बेहिसाब ढङ्गले थिचिदिए

निकै भारीका साथ रुँदै थियो मन मेरो
चिच्याउँदै थियो आत्मा
मेरा ओठलाई ती कागजका टुक्राले बेरिदिए

सबैलाई हिम्मतको पुस्तक पढाउने म
आफ्नो इज्जत बचाउन सकेन
बिग्रिएको मेरो सम्मानलाई समेट्न सकेन

आमा मलाई फेरि तिम्रो आँचलमा लुक्न मन छ
यी पापीहरूको भिडदेखि टाढा कतै हराउन मन छ
यदि मेरो लास भेट्यौ झाडीमा भने त्यहीँ छोडिदिनु
यहाँ मेरो शान्तिको लागि तिम्रो साथको उभिदिन्छ ?

आमा मलाई फेरि तिम्रो आँचलमा लुक्न मन छ

बरू लुकाउँला म तिम्रो नाम
यही हालमा भएँ नि छोडिदेऊ न
अन्धकारसँग डर लाग्छ मलाई
बरू जलाईदेऊ शरीर यो झारीमा नफालिदेऊ न
आमा निकै रुन्छिन् होला मेरो नग्न शरीरको हालतदेखि
बिन्ती उनकै निम्ति यही हालमै भए नि छोडिदेऊ न
म लुकाउँला तिम्रो नाम यही हाल भए नि छोडिदेऊ न

अनगिन्ती सपना बोकी शहर पसेकी थिएँ
बाको पुरानो ढाका फेरिदिउँला सोचेकी थिएँ
बच्चै छ मेरो भाइ न्याय कसरी माग्छ होला र ?
देखाउनै नसक्ने प्रेम गर्छ ऊ
दिदीको यो हालत कसरी हेर्छ होला र ?

बरु जलाइदेउ शरीर झाडीमा नफालिदेऊ न
बिन्ती मेरी आमाको लागि यही हालमै भए नि छोडिदेऊ न

पराइले लाएको गुण तिर्न नसक्नुले ठूलै घाउ दिँदोरहेछ
आफ्नैले सर्वत हो भने भाङ पिलाउँदो रहेछ
आँखामा विश्वासको पट्टी बाँधेकी म के बुझ्थेँ होला
यहाँ आफ्नैले आफ्नो हुनुको फाइदा उठाउँदो रहेछ

आमा मलाई फेरि तिम्रो आँचलमा लुक्न मन छ
यी पापीहरूको भिडदेखि टाढा कतै हराउन मन छ
यदि मेरो लास भेट्यौ झाडीमा भने त्यहीँ छोडिदिनु
यहाँ मेरो शान्तिको लागि तिम्रो साथ को उभिदिन्छ ?

ritugiri059@gmail.com