लक्ष्य आफैँमा हिमाल छ झैँ र अठोट सतीशाल छ
मेरा खुट्टा साना होलान् तर गन्तव्य विशाल छ
बाटोमा पतकर सरि झरेका सपना टिप्दै
शिरमा म सजाउँछु पाती सजाएजस्तै
मनबाट उछिट्टिएका मान्छेहरू पनि
मेरा लागि आज उत्तिकै आफ्ना छन्
कल्पनाभन्दा नजिकको भविष्य र बिर्सनै नसकिने बाल्यकाल छ
होला उपस्थिति झिनो तर अस्तित्व विशाल छ
कपालमा आशीर्वादको झझल्को बोकेर
निधारमा साइतको रङ उज्यालो पार्दै
हत्केलामा जगत नाप्ने सङ्कल्प र
मनमा सुखको अनायास चेतनबोध
आँखामा सिङ्गै आकास र पाइतालामा पाताल छ
मेरा खुट्टा साना होलान् तर गन्तव्य विशाल छ
दुधौली नपा -१, सिन्धुली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला