पल्लो घरेको
देवता पनि भिन्दै हुनुपर्छ
कि देवता रिसाएको हुनुपर्छ ऊसँग
आफैँले फलाम पिटेर बनाएको त्रिशूल
ऊ आफैँले मन्दिरमा चढाउन पाउँदैन

घुम्न आएका मेरो विदेशी साथीलाई
यहाँ जाडोमा,
म चुल्हामा नै बसालेर
आगो तपाउँछु
अतिथि देव भव:
तर मेरो पल्लाघरे साथी
किन मेरो दैलो पनि नाघ्दैन ?

सोनादा, दर्जीलिङ्ग
हाल : यु.एस.