सञ्जु सुवेदी

उम्रन्न टुसा कुनै पनि, नरोपी बीउ खाली जमिनमा

पलाउन्न मुना त्यसै, नभिजाई सुख्खा जर्जर भूमिमा

हुर्कन्न बिरुवा पनि कसै, मल नमिलाई कन मट्टिमा

फस्टाउन्न माटो बिना, रोपे बिरुवा पनि यो धर्तीमा ।

 

नमौलाइकन मुना त्यसै, लाग्दैन कोपिला टुसामा

नलागि कोपिला पनि, फुल्दैन फूल सुन्दर वृक्षमा

घुम्दैन भमरा वरिपरि त्यसै, नभए सुगन्ध फूलमा

आउदैन सुगन्ध पनि मिठो, राम्रो फूल बिना पातमा ।

 

फुल्नैपर्छ फूल पनि झनै, मिठो फल्न फल बोटमा

फल्नै पर्छ फल मिठो यसै, झुल्न बोट जसै हाँगामा

काचो माटो हुन शिशु पनि, आउन्न चेत जन्मदैमा

दिनैपर्दछ मार्गदर्शन उनलाई, हिनाउन सही मार्गमा ।

 

पुग्दैन मानव पनि कुनै, बिना मेहनत उच्च लक्ष्यमा

बन्दैन  बाटो पुग्ने कसै, लगनशील नभई शिखरमा

बन्लान् सभ्य तब मात्र, राम्रो संस्कार दिए उनमा

काँचो माटो हुन् उनी, फरक हुन्न कत्ति आकारमा ।

 

माने उपदेश फूल्छ सपना, फूल नै फुलेझैँ तिमीमा

फल्छ कल्पना फलझैँ, लगनशिलता भए बालकमा

ज्ञानी हुन्छौ त तिमी, मजबुत बन्छ बाटो भविष्यमा

गर्छौ  मिहिनेत दृढभइ, तेजले बन्नेछौ पिलर देशमा ।