सूर्य जस्तै जून पनि उदाउन अनवरत छ
सूर्य आफैंमा एक्लो भए पनि,
जून आफैंमा एक्लो भए पनि ।
ताराहरु मात्रै एक अर्कासँगै उदाउँछन्
उनीहरूबीच कहिले द्वन्द्व हुँदैन
को रात्रि गगनमा पहिला उदायो अनि
को धेरै चम्कियो भनेर
तिमी पनि त्यसैगरी चम्किलो र अनवरत रहनु
घरी सूर्य र जून जस्तै भएर उदाउनु,
घरी ताराहरुजस्तै अरुसँगै उदाउनु
केवल कहिलेकाहीँ सम्झनु
सूर्य र जून एक्लो भए पनि अनवरत छन् ।
विराटनगर, नेपाल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला