गर्भाशयमा
एउटा भ्रूण आफ्नो आकार लिँदैछ
गर्भवती स्त्री चिन्तीत छे
आज उसको भ्रूणको लिङ्ग परीक्षण हुँदैछ
कम्पित र भयभित
गर्भवती स्त्री
भगवानसँग प्रार्थना गर्दैछे
भ्रूण स्त्रीलिङ्गी नभइदियोस्
कतै भ्रूण असमयमै नतुहाइयोस्
स्त्रीलाई आफ्नो भ्रूणको अस्तित्व रक्षाको चिन्ता छ
स्त्री,डराइरहेकी छ
पुरुष उत्सुक छ
ऊ स्वागत र बिदाई दुवैको एकसाथ तयारी गर्दैछ ।
रत्ननगर ३, शान्तिचोक
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला