ओई केटी !
बतासे उमेर
हतासे स्वभाव
शंकालु नजर
बैंशालु अधर।
ओई मोटी !
ठूला ठूला आँखा
लठ्याउने भाखा
तेरो आँखाको गोली
यो ज्यान भरे भोलि।
ओई काली !
मतवाली
मदकी प्याली
कुरा जाली
यो मुटुको दीयो बाली।
ओई रानी !
यो ज्यान लानी
पिरतीकी राजधानी
कुटुकुटु मुटु खानी
कति भोको त्यो जवानी?
ओई सानी !
कञ्चन जवानी
रूपको रवानी
प्रेमकी खानी
फस्दैछेस् जानी नजानी।
ओई भुण्टी !
कता मुण्टी?
भेट्न आईज भन्थी
एक्लै आउँ कि जन्ती?
तँलाई पाए चित्त शान्ती।
ओई छौंडी !
दसतिर दौडी
खेत,खलिहान,चौडी
मलाई भेटेपछी
म भित्रै पौडी।
ओई नारी !
सपक्क सारी
कुर्कुच्चा झारी
कति हौ प्यारी
भुतुक्कै मारी।
ओई कान्छी !
म संग जान्छी?
कि मलाई लान्छी?
आँखाँले हान्छी
भाखाले बान्छी।
धनुषाधाम नगरपालिका-४
सर्सा, धनुषा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला