दिनभर सारंगी रेटछ
विभिन्न गीत गाउछ
परिवार पाल्ने काम गर्छ
काले गाइने

पुराना घटनाको सवाई
उसलाई आउँछ
मर्मस्पर्शी घटनाको
कथना जोडी गीत बनाउन
सिकेको छ
चलेका गीतको बोल पनि
टिप्न सक्छ
बसका यात्रुको मन जित्छ
काले गाइने

बाजेको पालामा गाउँबस्तीमा
घरघरमा पुगी
लालाबालासहित
गाउने गरिन्थ्यो
कालेको पालामा संस्कृति
फेरियो
सडकमा पुग्यो र
यसरी गाउँदै हिँड्न लाग्य्यो
काले गाइने

कसैले सोधेन
कुन सुरमा बच्छ सारंगी
ताल पनि कोही जान्दैन
सुमधुर स्वरमा रमाउँछन्
सारंगी रेट गाइने

कति मन रेटिएका
कति घाटी रेटिएका
जीवन र जगतका
कथा बोल्छ सारंगी

बाजेसँगै सिकेको थियो
कालेले
छोरालाई सिकायो
आफ्नो मेलोमा छ
संगै नाति लगेर
दिनभर सारंगी रेटछ ।