हेर्न आऊ भनेर
भन्नुहुन्छ सर
जान्छु म नि हेर्न आज
किताबको घर
कथा अनि कविताका
नाटकका कतै
खातैखात किताबका
देख्छु जताततै
बहिनी र भाइलाई
लगाएर कर
देखाउनु छ अहिले नै
किताबको घर
रङ्गीचङ्गी पानामाथि
विचित्रका चित्र
हेर्न पाइन्छ कतै नगई
यही घरभित्र
बालाई भन्न मन थियो
तर लाग्छ डर
खै कसरी बनाई मागूँ
किताबको घर ।
यहीँ बसी पढ्थेँ बाबा
यहीँ बसी लेख्थेँ
किताबका पाना पल्टाई
नयाँ संसार देख्थेँ
बाले पूरा गर्दिए नि
हुन्थ्यो मेरो रहर
मलाई पनि चाहिएको छ
किताबको घर ।
—–
मध्यनेपाल नगरपालिका – ६
भोर्लेटार, लमजुङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला