नारी हुन् स्रष्टा जननी माता संसार जगतकाे
पसिना बगाई जाेगाई नाता इज्जत रगतकाे
सिर्जना फूल फक्रन्छ जब हर्षले रमाउने
नारी हुन् संस्कृति सभ्यता सारा कर्मले बचाउने

विशाल हृदय दयाका खानी नारीका सतले
कामना गर्छिन् परिवार चल्छ उनैका ब्रतले
उदय र अस्त प्रवाह छैन कामैमा जाेतिने
परीवार अनि सन्तानकाे साथैमा खटिने

हुँदैन स्वार्थ कपट छल विकार हटाउने
पराया वरकाे धन र जनकाे विश्वास अटाउने
अवसर पाए सिडिओे हुन्छन् शिखर चढ्दछन्
पिठ्युँमा नानी बाेकेर पनि डिग्री पास गर्दछन्

हटाउन सकाैं पुराना गलत मूल्य र मान्यता
छाेरा र छाेरी समान बुहारी मानाैं भाे अब त
जागिर पेशा स्वराेजगार कृषिका व्यवसाय
उन्नतिशील दक्षता बढाई आम्दानी मनग्ये

चेतना सीप बढाऊ नारी समाज सुधार
परिवार सारा बनाई असल समृद्धि उघार
हटाई सारा विघ्न बाधा तरेर जँघार
अगाडि बढ हे नारी विश्व तिमीले सुधार ।

 

बगनासकाली ७

पाल्पा