एक सानो घर छ जहाँका
भित्ता भत्कन तयारी गर्दैछन्
कुनै दिन पहाडझैँ बलिया ती
आज कम्जोर बन्दैछन् हिजो बा हुँदा
त्यो घरमा अँखा लगाउन डराउनेहरू आज
त्यहीँ पसेर राज गर्न खोज्दैछन्
कमजोर शासक छ अरे भनी सुनेपछि
जग्गाको साँध सार्न लागि परेको छ
छिमेकी हेप्न अघि सरेको छ साँच्चै
एउटा सानो घर छ, अति राम्रो, अति सुन्दर
गाउँभर चर्चा छ, उसैको जहाँ जन्मेको एक बालक
जसले पुरै गाउँलाई शान्ति, अहिंसा सिकाएर गयो
जसको अनुसरण सिङ्गो गाउँले गर्छ जुन
घरको चुच्चो उसको शिर गाउँ भरकै अक्लो छ
जुन घरका मान्छे हिमालै तोड्ने साहसी हुन्छन्
जसको शिर आजसम्म झुकेको छैन
जो हार्न कहिले पनि जान्दैन
आफैँमा स्वाभिमानी छ भनेर आफ्नो परिचय
बनाएको घर आज वीर जन्माउनै छोडेकी
शासकको कम्जोरी छ खोई झन् झन्
डराउँदै छ गाउँलेसित गाउँलेको त कुरै छोडौँ
आफ्नै एकता छैन सबै दबिन खोज्दैछन्
राखेर बाँझो खेतबारी, बाझा छिमेकी पस्दैछन्
अनि एक म छु, एक घर सुधार गर्न लागिपरेको छु
अलग अलग भएकालाई एक पार्न खोज्दैछु
मेरो
भोलि छोडी घरको आज बनाउँदै छु
बेस्याहार भोको एक रात छाक टार्दैछु अब
म काम खोजेर छिमेकी घर पसुँ कि आफ्नो
भत्कन लागेको घर बनाउन यतै बसुँ
एक मेरो सानो घर छ ऊ मेरो लागि
स्वर्गसरि प्यारो छ एक सानो घर छ ।