आँखाको भावमा मनको लयमा
भावना र कल्पनामा
समीप हुन्‌ कति गाह्रो
एकै पटक छर्के नजरमा
दिनभर तृप्त हुन्थ्यो
सुख्‌ दुःखम्‌ कहिल्यै भएन्‌
नदीका दुई किनारा
छुनै नसकिने हिमाजस्तै
हुर्कने अव्यक्त प्रेम
गृहकार्यको कापीमा साटिन्थो
अक्षर अक्षरमा देखिन्थ्यो
परीक्षाफलमा खुसी हुने क्षण
घामपानीको इन्द्रेणी हुर्कने
कति रङ्ग छन्‌ कस्लाई थाहा
कहिले कविता व्यक्त
अनजान साथीसँग पोखिने प्रेम
अद्‌भुत हुन्थ्यो अबोला प्रेम
मानौं प्रकृतिसँग प्रेम भएको छ
कस्तो अदृश्य साधाना त्यो
भावमा छछल्किने
चोखो प्रेम कहिल्यै बिटुलिएन
जात भातमा अडेको समाज
संघर्ष सगरमाथा चढेझैँ अजङ्ग
भावना दबाएर कुल्चेर
तिमीलाई माया गर्छु
भन्नु ठूलो अपराध
शताब्दीसम्म हृदयमा
घाउ बल्झ्याएर लुकाएर
शिलाझैँ कहिल्यै भनिएन
कस्तो प्रेम हुर्किदै
लुकामारी मै सकिने
न हट्यो न जम्यो
अमिट छाप बनिरह्यो
न साधना छ न चाहान छ
मनका कुनाकन्दरामा
हिमालझैँ टल्किरहन्छ
कक्षा कोठामा हुर्केको
किताबका गातामा पोखिएको
मौनतामा पस्किएको
भावमा बल्झिएको
कस्तो मौन प्रेम
सदावहार अव्यक्त प्रेम
समुद्रको चाल जस्तै
हावाको स्पर्श जस्तै
स्कुले प्रेम
कहाँ कहाँ हरायो
खोतल्दा कहीँ भेटन्न ।

• महालक्ष्मी-०१, इमाडोल, ललितपुर