कहिल्यै
ओरालो झर्दैनन्
सपनाहरू
बलैसँग
हरेक खुट्किला चढ्नु
र चढिरहनु
सपनाको
जन्मजात गुण हो
उकालो चढेर
थाक्दैनन् सपनाहरू
पाताल पुगेका पैतालालाई
स्वर्गको भर्याङ
चढाउन सक्छन् सपनाहरू
सगरमाथाको
शिखर चढ्नेहरू पनि
अझै अग्लो सपना
देखिरहन्छन्
मृत्युको सत्य बुझ्नेहरू
परलोकका सपना बुनिरहन्छन्
चन्द्रयान चढेर
चन्द्रमा पुगेकाहरू
अझै फराकिला सपना
छाम्दै होलान्
सागरको गहिराइ
नियाल्नेहरू
अझै गहिरा सपनामा
आँखा गाड्दै होलान्
सपनाको उचाइ
भेट्न नसकेर
म आजकल
मेरा सपनाहरू तिमीलाई सुम्पेर
तिमीले सपना छोएको
अर्को सपना देखिरहेछु ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला