ढयाङ्ग्रो ठोकिरहेछन्
धामी झाँक्रीहरू
काँचो वायु, वीरमसान
भुत प्रेत लागेको छ
मन्साउनु पर्छ भन्दै
थान थापेर
जोखाना हेरेर
हा-हा र हुँ हुँ गर्दै
देशका ग्रहदशा मन्साउदैछौँ भन्दै
तमासा देखाइरहेकै छन् विजुवाहरू
देश बिरामी भएको छ
उपचार गर्नुपर्छ भन्दै
इन्जेक्सन हानिरहेछन् डाक्टरहरू
नवनिर्माणको नाममा
भएकालाई भत्काइरहेछन् इन्जिनियरहरू
देश निको पार्ने बहानामा
जससँग जे छ त्यही चलाइरहेछन् विज्ञहरू
सबैलाई आश्चर्य पार्ने घटनामा
ताहुरमाहुरमै छन् घाटे वैद्यहरू
अनभिज्ञ नै छ समय
आखिर देशलाई भएको के हो त ?
देशलाई लागेको बिमार के हो त ?
महोदय
देश कसैको रहर लहडमा चलाइने वस्तु होइन
देश परीक्षण गर्ने प्रयोगशाला पनि होइन
बन्द गर तिम्रा यावत् नाटकहरू, देश रंगमञ्चको पर्दा होइन
देश रंगमञ्चको पात्र पनि त होइन ।
दिङ्ला
भोजपुर ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला