आज सानो ऐनाभित्र
ठूलो क्षेत्रफल अटेको देखेपछि
कोलाहल, चित्कार र रुवाईका आवाजहरू
यो खाली ठाँउमा बिलाएपछि
मैलै रित्तोलाई नै भरिएको देख्छु
भित्तोलाई नै पहाड पाउँछु
आज सानो छानोभित्र
बर्षातलाई बाहिरै राखेपछि
हिलो, गिलो र माटोका सुगन्धहरू
यो खडेरीमा पोखिएपछि
मैले पानीलाई नै जीवन देख्छु
सानीलाई नै ठूली पाउँछु
आज सानो संसारभित्र
दुनियाँलाई दुरुस्त भेटेपछि
माया, दया र छायाँका चित्रहरू
घृणाको क्यानभासमा कोरिएपछि
मैले कालोलाई पनि उज्यालो देख्छु
आलोलाई नै बासी देख्छु
आज सानो संकटभित्र
जीवनलाई निराश भोगेपछि
आशा, भरोसा र निराशाका बादलहरू
मडारिँदै आकाशमा फाटेपछि
मैले क्षितिजलाई पनि छेउमै भेट्छु
दीक्षितलाई नै शिक्षित भेट्छु ।
गौरादह, झापा
हालः कतार
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला