थियो क्रान्तिवीरको सपना
स्निग्ध, शान्त, मनोहर र
पराधीन नेपाल
जहाँ उदाङ्ग आकाशमा
सबै नेपालीले
स्वाभिमानी भएरै
जीवनयापन गर्ने
थलो बनोस्
जहाँ
सबै दिनहीनलाई
स्वछन्द प्रजातान्त्रिक
कवच मिलोस्
सबै जातीय सहिष्णुता
जडित प्रेमिल रंगशाला
बनोस्
जहाँ माया र
सद्भावनाको होली
खेल्दै
हराभरा गराहरू
सुनौलो बालीनालीले
बताससँगै
नृत्य गरुन्
अनि ती पोलनका
वर्षाले
नयाँ सन्तति मिलोस्
सबै गरा र कान्लामा
रमाउने वनस्पति माझ
चन्द्र र सूर्यको ध्वजा फर्फराउँदै
एउटा राष्ट्रिय खेल
खेल्ने मैदान बनोस्
सीता, जनक र बुद्ध
जन्माउने
माटो यहाँको नै हो
जहाँ बुद्धका आँखाले
पहिलो पटक चक्षु खोलेका थिए
शान्तिको प्रकाश छर्दै
लुम्बिनीमा
जहाँ मायादेवीले
आफ्नो प्राणको आहुति
दिएर जन्माएकी थिइनँ
बालक सिद्धार्थलाई
रहेछन् राम प्रसाद राई
इतिहासले विस्मृत
गरेका सेनानी अहिले
रहेछन् एक सच्चा सपुत
नेपाल आमाका
थिए पराक्रमी वीर पनि
थाहा रहेछ निरंकुश राणाहरुको
देखावटी मोह
सग जानकार पहिलेदेखि
जहाँ हरेक नेपाली
गरेका थिएँ
साह्रै विवश दुखद जिउपालो
जसको थिएन कुनै चरमकाल
मुस्किल रहेछ
आफ्नै करेसा बारीमा
पसिनाको रगत बगाएर
खानलाई पनि
दिँदैन थिएँ
यी कसहाहरूले
हलो जोत्छु भन्दा पनि
तिर्नुपर्ने जिमावाललाई
हलअनुसार पैसा पनि
दास सरी बन्नु परेको थियो
त्यो भेगका नर र नारी
त्यो भन्दा के नै हुन्छ र
मुटुमा अशान्ति
भोकै सुत्न पर्ने थियो
मधुमासका कहालीलाग्दो
रात बिना कसौडीमा भात
फेर्नु पर्ने थियो
सास पनि
निराकार आकासमा
किरणटोकी गुप्तचरहरूले
चियो गर्दै
काल्पनिक गर्जन
गराउँदै पूरै त्रास
निम्त्याउन खोज्दथे
जनमानसमा
लिनु परेको थियो योगमायाले पनि
यहीं सामाजिक
अन्यायबाट
पीडक
नारी र
जातीय असमानताको
आवाजका लागि
जलसमाधि
जहाँ एउटा बालविधवालाई
बिना कुनै कसुर
जीवनभर सेतो वस्त्र
धारण गर्नुपर्ने
कस्तो हो महाअपराध
रमाउँथ्यो रैतीको
भोकमरी र वेदनाको
गुन्जनले
जहानियाँ शासकका श्रवणेन्दृय

रहेछन् राणाहरु
शासक कम र
शोषक ज्यादा त्यो कालखण्डमा
भन्थे राम प्रसादले सदैव
ती जुकाहरूको भोजमा
बन्नु छैन मलाई रगतसरी
आहार सदैव
दिलाउन चाहन्थे
राम प्रसादले
नेपाललाई
एउटा स्वाधीन प्रजातन्त्र
कुनै विदेशी रैती हुनु भन्दा
नुन बनेर जुकालाई
पराजित गर्न चाहन्थे
जब आकाशवाणी भयो
दुई लाख पचास हजार नेपाली सपुतलाई
विश्वयुद्धमा भर्तीको
जुद्धशमशेरबाट
आफ्नै सन्ततिलाई
कसरी गर्दथिन् नेपालआमाले
आफनै सन्ततिलाई
होमिन रगतको खेलमा
स्वीकार्यता
युद्धको महासिन्धुमा
थाहा थिएन
रामप्रसाद राईलाई
छिमेकीको सम्झौताविरोधी
भाषण
हुन्छ आफ्नै मृत्युवरणको
कारक भनेर
आफ्नै निकट सखाको
छलकपटले
थियो यो एउटा यो सुनियोजित हत्याकाण्ड
त्यसैले राजनीति रहेछ एउटा
दुर्घन्धित खेलसरी
जहाँ हुँदैन कोही आफ्ना
दिएकी थिइन् जन्म
नेपाल आमाले
इतिहासमै एउटा सच्चा सेनानी
रामप्रसाद राई
क्रान्तिवीर सेनानीलाई
भएर सफल
नेपालमा प्रजातन्त्रको
नवजात शिशु
जन्माउनलाई
नेपाल आमाको
कोखबाट पहिल्यै

भएर नेपाली आकाशमा
एउटा साहसिक वीर सेनानी र अमर शहीद
उनको चेतनाको स्वरुप
चम्किने छ
तारा झैँ सदैव
जति मेटाउन खोजे पनि
उनको गाथा
रहनेछ सधैँ दिगो
खाँचो छ अपरिहार्य
हाम्रो राष्ट्रलाई आज
उनै जस्तो स्वाभिमान
नैतिक र साहसिक छोराको
प्रत्येक निःस्वार्थ कर्मले
आभारी छिन्
स्वच्छन्द मातृभूमि सदैव ।

 

बर्तुङ्, पाल्पा (हालः युके)