हतारको झिसमिसे र हतारकै गोधुलीबीच
सानो छ मैले बाँच्दै गरेको जिन्दगी
तैपनि दिन काट्न गरेका अभ्यस्त कर्तव्य
निर्वाहका आरोहमा पनि
सम्झिन भ्याउँदैछु तिमीलाई
थाहा छ आज सोधिन खबर तिम्रो
थाहै छ तिमी आज पनि ठिकै छ
तिम्रो उपस्थितिको भ्रमित आश्वासन
जुन कल्पनाभन्दा पनि साँचो
अनि सच्चाईभन्दा अमूर्त
तिम्रो आगमनको त्यो प्रतीक्षा
कुनै हार्न दौडिएको म्याराथनजस्तो
प्रेमको जालभन्दा धेरै परको
तिम्रो सात्विक प्रेम
अनि म
तिम्रो गर्ने हेरचाह गर्ने पूर्णकालीन जागिरेजस्तो
होलान् बितेका केही दिनमा
आफ्नै विरोधाभासको ढुंगाले
आफ्नै निधारमा खोप्दै गरेका
केही साना सपनाबाहेक आर्जिन सकेको केही छैन
तर मेमसाहेब हजुरको सन्चो बिसन्चो जति चिन्ता
मैले आफ्नो पनि लिएको छैन
तैपनि तिम्रो सुबिस्ताको प्रार्थना गर्दै छु
थाहा छ सोध्न छाडेको छु‑ अचेल कता छौ
थाहै छ तिमी यतै मभित्रै छौ ।
दुधौली-१, सिन्धुली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।