तिख्खर आलुजस्ती
रागिलो प्याजजस्ती
अदुवा र लसुनजस्ती
खै कस्ती कस्ती
को होली यस्ती ?
अलिकति
हरियो खुर्सानी
पिरो नपुगे
रातै खुर्सानी
तीतेकरेली जस्ती
अपजस मात्र दिने
सपनामै पिरोल्ने
खै कस्ती कस्ती
को होली यस्ती
भोक लाग्यो भन्दा नसुन्ने
मनपरी गर्ने
आफैँ
पकाएर खा भन्ने
हाम्रो आँशु त
नक्कली पानीजस्तो
आदेश भने
मानिरहनु पर्ने रे
उसैलाई हेरिरहनु पर्ने
जिन्दगी नै
सुम्पिदिए जस्तो
खै कस्तो कस्तो
को होला यस्तो ?
वचन बाँणले
खुत्रुक्कै पार्ने
पाइला चाल्दा धर्ती काँप्ने
गति त
बतासकै जस्तो
कर्के आँखाले ज्यानै लिने
खै कस्ती कस्ती
को होली यस्ती ?
देख्नु पर्दैन /आदेश हुन्छ
भेट्नु पर्दैन
फोन हातमै छ
अनुरोध त गर्न जानेकै छैन
तिरस्कार मनभरि छ
मायाले हेऱ्यो
जिउ काँप्छ सिरिङ्ग
खै कस्ती कस्ती
को होली यस्ती ?
मैले
सोच्दै नसोचेको
गाँजर सम्झेर
मुला खाएको जस्तो
घर, परिवार र समाजसंग
विद्रोह गर्दै
प्रेम गरेर भित्राएकी
श्रीमतीजस्ती
खै कस्ती कस्ती
अरू
को होला यस्ती ?
मेरिल्याण्ड, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।