फुसफुसाउने बिहानीमा, जहाँ उज्यालो पहिलो पटक छिर्छ
र साँझको अँगालोमा, जहाँ दिन बिस्तारै बिस्तारै ढल्दै जान्छ
त्यहाँ पुरानो र निर्मल दुवै सत्य, कानेखुसी गर्छन्, एकअर्कामा
ती शक्तिका गीत, जून मौन, अठोट नासहीन तर अपहेलित छन्
नारीहरू, यिनीहरू बिहानको पहिलो ज्योति हुन्, धराका चमक हुन्
यिनीहरू गहनाहरू मात्र सजाउँदैनन्, तर भोकाएकाको पेट भर्छन्
यिनीहरूलाई शक्ति प्रदान गरिएको छैन, तर यो जन्मजात टुसाएको छ
एउटा नदीजस्तै जसले सुकेका घाटीहरू भिजाउँछ, आफ्नो गन्तव्यमा पुग्न अटल रहन्छ
जीडी एन्डरसन, भन्छन् “चन्द्रमाको अँगालो जस्तै बुद्धिका साथ
महिलाहरू, एक कालातीत, शक्तिशाली अनुग्रह हुन्”
न जो दिन भन्छन्, या रात नै, आफ्नो कर्तव्य सम्हाल्न
अविरल खटिइरहन्छन् पृथ्वीको परिक्रमाझैं, सारा पीर व्यथाहरूलाई भुलेर
चेर, उनको आवाजको साथ एक स्पष्ट विचार राख्दै, ऐनाजस्तै
हामीलाई सत्य हेर्न, अग्लो भएर उभिन आग्रह गर्छन्, र भन्छन्
“आमाहरू, हाम्रो सामूहिक सपनाका शिल्पकारहरू हुन्
जो आफ्ना सन्तानको भविष्य बनाउन, आफू पिसिइरहन्छन्”
रातको मध्यान्तरमा जहाँ ताराहरूले सपना बुन्छन्
त्यहाँ आमाहरूका शब्दहरू, सन्तानका लागि उपदेशका प्रकाश किरणहरू बन्छन्
म त भन्छु “हरेक नारीको छायाँमा एउटा जादू हुन्छ, माया हुन्छ
एक शक्तिशाली माया अनि जादू, जहाँ साँचो र अमिताभ शक्ति लुकेको हुन्छ
लिंगीय छायामा परेका नारीहरूलाई, कमजोर र सानो महसुस गर्ने मर्दहरू
सत्यरूपाहरूलाई तिम्रो शिकार मात्र बनाएर राख्ने दुस्साहस किन गर्छौ ?
नारीको उत्पति तिम्रो उपहार होइन, तर यो शक् सहित बलिरहेको आगो हो
जो एक अठोटताका साथ, लडाईंका लागि तयार छन्, पारिवारिक खुसीको
हे दुर्गाहरू, हे प्रभातका वाहकहरू, हे भोलिका शिल्पकारहरू उठ
तिम्रो जीवन व्यर्थ नबनोस्, पुरूषार्थको तृष्णा या खुशीमा मात्र नरमाओस्
आफ्नो शक्ति प्रज्ज्वलन गरी यसलाई दीर्घ बनाऊ, प्रगाढ किनकि
प्रत्येक नारीभित्र, जादू छ, शक्ति छ, दया छ आजीवन नरित्तिने
सम्झ, सृष्टिका सुन्दरीहरू, तिमीले टेक्ने प्रत्येक पाइलाको साथ
हरेक निर्णयमा, हरेक नाममा, तिमी आफ्नो लागि मात्र होइन
तर अघि पछि हिँड्ने सबैका लागि हिँड्दै छौ, उत्साही मार्गदर्शक बनेर
पछाडि हेर त सर्वविश्वले पछ्याउँदै छन्, पछ्याउनेछन्, तिम्रा दर्शनहरू
नारी, समाजका दिग्गज, चूल्हाको आत्मा, घरकी मन्त्री तिमी
जन्मदेखि मृत्युसम्मको आफ्नो शक्ति विचार गरेर भन्या हुँ कि
तिमीभित्र एक अटुट शक्ति छ, घाम लागेका बेलाको सूर्यझैं
जो आशाको किरण छरिरहन्छ, रात छेड्दै, युगौँयुगसम्म
तिमीलाई जस्ले खेलौनाझैँ सम्झी खेलाउँछ, बारम्बार हे देवी
अनि लुगा जस्तै फेरिरहन्छ नि बेला बेला पुरूषार्थ पोख्न
सिकाएर पाठ छोड तिनलाई तिम्रो दुर्गा शक्तिको बारम्बार
प्राणहीन बनाएर तिनलाई महीषासुर पौराणिक कालको
अनि तिम्रो विजयलाई आकाशमा गर्जन देऊ, हे जननी
मेरो खुसीले जगत् ढाक्ने छ त्यसबखत् र सोध्ने छ
के नारीबिना सम्भव थियो ऊ, या उसका बाको बा बन्ने इच्छा?
नारी जननी, जगत्, धर्ती अग्नि हुन् लंकेश, पंचवटीमा पनि सुरक्षित रहन सक्ने ।
हालः क्यालगेरी, क्यानाडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।