आज अन्तरनगर खेल घोषणा गर्ने दिन
बक्सिङ संघको सक्रियता हेर्दा
बक्सिङ घोषणा गरुँ कि !
अरुको बाधा व्यवधान हेर्दा
बक्सिङइतर खेलको घोषणा गरुँ कि !
खेल खेल नै हो
अन्तरनगर खेल जुनसुकै घोषणा गरुँ कि !
आज मलाई अन्तरनगर घोषणा गर्न सकस भएछ
आज म बक्सिङ बुझ्न चाहन्छु
बक्सिङ मुढे बल हो कि
वैज्ञानिक, अनुशासित र नियमसंगत खेल
बक्सिङ युवाहरूको वितृष्णा हो कि
युवामाझ प्रख्यात खेल
बक्सिङ उग्र खेल कि
दिमाग, नशा र मासंपेशीबीच संयोजन गर्ने खेल
आज मलाई बक्सिङ बुझ्न सकस भएछ
बक्सिङ खेल खेल मात्र होइन
शारीरिक कार्य क्षमता बढ्ने
स्फूर्ति र तिव्र गतिको विकास
अरुले हिर्काउँदा नम्र बन्ने
तिक्ष्ण गुण, आत्मरक्षा, विजयपथमा लम्कने खेल
तिव्र गतिको मुक्का छलेर
दिमागलाई तीक्ष्ण बनाई सत्रुलाई प्रहार
आज मलाई खेल बुझ्न सकस भएछ
आज म अन्तरनगर खेल छनौटको निर्णायक भएछु
मेरो अन्तरद्वन्दको परिणाम या
सामाजिक दवाव
कसैप्रति सहानुभूति वा
कसैप्रति अन्तरद्वन्द्व
बहुमतको निर्णय वा
अल्पमतको कदर
आज मलाई निर्णय दिन सकस भएछ
आज म नगरपिता भएछु
न्यायमूर्तिको तराजू वा
विश्वेश्वर कोइरालाको शत्रु
विकास पुञ्जको मार्ग दर्शन वा
जनचाहनाको बजेट पोका
सेवा पुग्नेको भगवान् वा
स्वार्थपूर्ति नहुनेको राक्षस
आज मलाई नगरपिता बन्न सकस भएछ
आज अन्तरनगर घोषणा गर्दैछु
अन्तरद्वन्द्व र पूर्वाग्रह बिना
निर्धक्कका साथ
अल्पमत र दवाव बिना
निडरताका साथ
डरत्रास र उत्पीडन बिना
समय, काल, परिस्थिति र निष्पक्षताका साथ
आज मलाई अन्तरनगर महिला कबड्डी घोषणा गर्न सकस भएछ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला