जिउने आश हराउँदै गयो
खै किन मन साह्रै कमजोर भयो

जीवनको अन्तिम बाटो रोजी
जाँदै छु प्रिय यो संसार छोडी

नरुनु एकान्तमा सम्झेर मलाई
संसार छोड्नुमै छ सबको भलाई

धेरै कोसिस गरेँ समालिन्छु कि त
सबैलाई दुःख रहेछ मैसित

देखेर सारा खुसीमा ताँती
हिर्काइछाडे छातिमा लात्ती

गुमाउँदै गएँ जिउने हक
मनको बह भन्थ्यौ नकह

एकान्तमा रुँदा बौलाहा भएँ
तिमीसँग मनको बह कहेँ

सकिनँ साँच्न
पीडामा बाँच्न

हाँसेको देख्दा म पागल भएँ
बिदा देऊ प्रिय म परलोक गएँ ।

बुटवल