विद्वान्हरूले भन्ने गरेका छन्
शून्यमा शून्य थप्यो भने
शून्य नै हुन्छ
हाम्रो संसद्को शून्य समयझैँ
मानवजातिको शून्य समयमा चाहिँ के हुन्छ ?
शुन्यतामा अढेको पृथ्वी
विशाल शून्यतामा अढेको आकाश
व्रह्माण्डको संरचना
मानवजातिका लागि
शून्यको अर्थ के हुनसक्छ ?
जीवन र जगतको
परिभाषा र अर्थ खोज्दा–खोज्दै
शून्यतामा हराउनेहरुका लागि
शून्यताको मूल्य मान्यता के हुनसक्छ ?
शून्यताको अर्थ कहाँनेर लुकेको हुन्छ ?
— दिङ्गला, भोजपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला