विनोद नेपाल

लाग्छ,
आँगनमै आइसक्यो,
केहीबेरमा बलेनी हुँदै
टेक्नेछ पिढीमा

घच्घच्याउंनेछ मूल ढोका ।

नसुन्न कतिन्जेल सकिएला र ?
नबोल्न कतिन्जेल सकिएला र ?
सायद यसैले
मान्छेहरु भयग्रस्त छन्
मडारिएको छ कालो बादल
फुङ्ग उडेको छ
जीवनको रङ हराएको अनुहार
र,
टोलाई रहेछन् आँखाहरु ।

झस्कंदैछन् एकापसमै
छैन परस्पर हेराहेर
छैन कोलाहल,
छैन प्रतिस्पर्धा,
मान्छेहरु शान्त छन् ।

कहालीलाग्दो केरोना छ सम्मुख
लगाएको छ निषेधाज्ञा उसले
र लाग्दैछ
मान्छेहरु
समयसँग
जीवनको भीख मागिरहेछन् ।
मान्छेहरु,
जीवनको भीख मागिरहेछन् ।