हे यशोधरा
गौतम बुद्ध निर्माण गर्ने यशोधरा बन्ने हो?
वा गौतम बुद्ध निर्माण हुन नदिने यशोधरा बन्ने हो?
यो उत्तर आधुनिक युगले तिमीसङ्ग प्रश्न गरिरहेको छ।

हे यशोधरा
तिमी साथै दरवारको सुखसैल भोग्ने सिद्धार्थ निर्माण गर्ने हो?
वा भिक्षु भइ संसारलाई शिक्षा दिने बुद्ध निर्माण गर्ने?
यो उत्तर आधुनिक युगले तिमीसङ्ग प्रश्न गरिरहेको छ।

हे यशोधरा
तिमीले संघमा बस्ने त्यागी भिक्षु निर्माण गर्ने हो?
वा सहरमा बस्ने स्वार्थी विलासी निर्माण गर्ने हो?
यो उत्तर आधुनिक युगले तिमीसँग प्रश्न गरिरहेको छ?

हे यशोधराहरू हो
यो उत्तर आधुनिक युगलाई जवाफ चाहिएको छ
हे यशोधराहरू हो, ती प्रश्नहरूको जवाफ देऊ।