मेरा बा भन्नुहुन्छ
सलाम गर, जे नेपाल भन
छोरा तिमी पुलिस बन
नेपालको मान सम्मान
इज्जत भरोसा तिमी बनिदेऊ
जिद्दी नगर तिमी
बा ले भनेको मान
यत्ती कुरा जान
त्यो रामे श्यामेको छोरालाई
विदेश जान देऊ
तिमी बाले भनेको मानिदेऊ !
अब तिमी धेरै नपढ
“छोरा तिमी पुलिस बन ।”
पुलिस बन्यो भने
तिमी बलियो हुन्छौ
तिमीलाई धेरै केही चाहिँदैन
रहर, इच्छा,चाहना आफैँ मर्छन्
तिमी भोकै पनि सुत्न सक्छौ
एक छाला लुगाले पनि
जीवन बिताउन सक्छौ
तिमीलाई घर चाहिँदैन
तिमी देशको सेवा गर्न पाउँछौ
तिमी राति १२ बजे पनि
उठ्न सक्छौ
तिमी रातभरि नसुतेर नि बस्न सक्छौ
खानामा तिमीलाई
रात दिन सुख्खा भात भए नि हुन्छ
रोटी चाहिँदैन, तरकारी चाहिँदैन
दुध मोही चाहिँदैन, खेतबारी चाहिँदैन
चियाको अम्मल हट्छ
आगोमा आमाले बनाएको
दाल, तरकारी, भातको स्वाद हट्छ
किनकि तिमी आफैँ बनाएर खान्छौ
आफैँ भाँडा धुन्छौ
आफैँ, बजार जान्छौ
आफैँ किनेर ल्याउँछौ
तिमीलाई कोही चाहिँदैन
आमाको याद
छोराछोरीको याद
म बूढो बाउको याद आउला
भनेको बेला छुट्टी मिल्दैन
र त, घर परिवार भेट्न मिल्दैन
तिमी एक्लै पनि जिउन सक्छौ
कतै हुलझैँ झगडा होला
तिमी छुटाउनु
दुई जनालाई मिलाउनु
कहीँ केही चोरी होला
चोर पत्ता लाउनु
रात नभन्नु, दिन नभन्नु, खटिरहनु
देश र जनताकै लागि परिरहनु
“छोरा, तिमी पुलिस बन”
दोषी भाग्न सक्छ
केही तिमीले नजानेको नि हुन सक्छ
नबुझ्नेले तिमीलाई कहीले गाली पनि गर्ला
गाली किन गर्यौ भन्दै
कसैले उस्लाई पनि हातपात गर्ला
तिमी मिलाइदिनु
कुरा नबुझनु उस्को गल्ती होला
तिमीलाई गाली दिनु
ठिकै छ छोरा तिमी उस्लाई ताली दिनु
बुझ्नेलाई धन्यवाद दिनु
नबुझ्नेलाई सम्झाइदिनु
सही दिनु, देश र जनतालाई बचाइदिनु
हुन्छ बा, म पुलिस बन्छु भनिदेऊ न
देश र जनताकै लागि यो ज्यान दिन्छु भनिदेऊ न
निराश नहुनु एक दिन त
मेरो पनि दिन आउला भन
मिहिनेतको फल मीठो हुन्छ
सेलिरी आउला, पसले दाइको
रिन बुझाउला भन
छोरा तिमी पुलिस बन !
सुदुरपश्चिम, बैतडी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।