जीवनको मूल्य
अनेक हुनसक्छ जहाँ
समयको कदर हुनसक्छ

समयदेखि पर अस्तित्व हमेसा नभेटिन सक्छ
अमर भएका सहिदहरू
समयको कुन किनारमा पर्खिरहेका छन्
त्यो सुनौलो बिहानीलाई ?

मनभरिको आशाको स्वरुप
भरोसा हुनसक्छ

आँसु पिएर प्यास
नमेटिन सक्छ
एक पलको समय
साथ मिले अनन्त हुनसक्छ

मनको गीत मानवतासँग
मिल्न सक्छ
कसैको मुहारमा एउटा मुस्कानको फूल
सहयोगले फूलाउन सक्छ ।

विराटनगर, नेपाल