मलाई आफ्नो निर्णय
मेरो अन्तरद्वन्द्वको परिणाम या
सामाजिक दवाव
कसैप्रति सहानुभूति वा
कसैप्रति अन्तरद्वन्द ।
बहुमतको निर्णय वा
अल्पमतको कदर
आज मलाई निर्णय दिन सकस छ

आज म नगरपिता भएछु
न्यायमूर्तिको तराजु वा
विशेश्वर कोइरालाको सत्रु
विकास पुञ्जको मार्ग दर्शन वा
जनचहाना बजेट पोका
सेवा पुग्नेको भगवान वा
स्वार्थपूर्ति नहुनेको राक्षस
आज मलाई नगरपिता बन्न सकस छ

आज अन्तरनगर खेल घोषणा गर्ने दिन
बक्सिङ संघको सकृयता हेर्दा
बक्सिङ घोषणा गरुँ कि !
अरुको बाधा व्यवधान हेर्दा
बक्सिङइतर खेलको घोषणा गरुँ कि !
महिलालाई प्रथामिकतामा राख्दा
महिलाहरूको खेल घोषणा गरुँ कि !
पुरुषको सक्रियता हेर्दा
पुरुषहरूको खेल घोषण गरुँ कि !
खेल खेल नै हो
अन्तरनगर खेल जुनसुकै घोषणा गरुँ कि !
आज मलाई अन्तरनगर घोषणा गर्न सकस भएको छ

आज म बक्सिङ बुझ्न चाहन्छु
बक्सिङ मुढे बल हो कि
वैज्ञानिक खेल
बक्सिङ युवाहरूको वितृष्णा हो कि
युवामाझ प्रख्यात खेल
बक्सिङ रफ खेल कि
अनुशासित र नियमसंगत खेल
बक्सिङ उग्र खेल कि
दिमाग, नशा र मासंपेशीबीच संयोजन गर्ने खेल
आज मलाई बक्सिङ बुझ्न सकस भएछ

बक्सिङ खेलमात्र होइन
शारीरिक कार्य क्षमता
स्फूर्ति र तीव्र गतिको विकास
अरुले हिर्काउँदा नम्र बन्ने
तिक्ष्ण गुण, आत्मरक्षा
तीव्र गतिको मुक्का छलेर
दिमागलाई तीव्र बनाई सत्रुलाई प्रहार
सत्रुको मुक्का छलेर
विजयपथमा लम्कने खेल
आज मलाई बक्सिङ बुझ्न सरल भएको छ

आज अन्तरनगर घोषणा गर्दैछु
अन्तरद्वन्द्व र पूर्वाग्रह विना
निर्धक्कका साथ
अल्पमत र दवावबिना
निडरका साथ
महिला मुक्ति र उत्पीडन बिना
निष्पक्षताका साथ
महिला उत्थान र डरत्रास बिना
देश काल समय परिस्थितिका साथ
आज मलाई अन्तरनगर महिला खेल घोषणा गर्न सरल भएछ ।