याे जुम्राे
मेराे टाउकाेमा बसेर
खाइरहन्छ,
एउटा मार्यो
अर्काे आइरहन्छ
घरि भाेकाएर खान्छ
खान्छ घरि अघाएर
कहिले नजानी खान्छ
अनि कहिले जानी जानी खान्छ
कहिले खाेसेर खान्छ
कहिले खान्छ लुछेर
कहिले खान्छ चुसेर
अनि कपाल मुनि लुकेर
खान्छ कहिले अघाएर
अनि खान्छ कहिले भाेकाएर
बारम्बार खाइरहन्छ
खै मैले खान सिकाएर खान जान्या हाे
या याे जुम्राेले मलाई खान सिकायाे
दैवै जानून्
मैले पनि देशकाे टाउकाेमा बसेर
कहिले लुछेर
कहिले चुसेर
कहिले चुँडेर
कहिले पेलेर
कहिले ठेलेर
कहिले संविधान मिचेर
कहिले जनता थिचेर
अनि अघाएपछि घिचेर
खाइरहेछु
डकारी रहेछु, जुम्राे झैं
तर अचम्म छ याे जनसागर
जुम्राेले खाएकाे नदेख्ने
मैले खाएकाे देख्ने
जुम्राका निम्ति धृतराष्ट, मेरा निम्ति संजय बनिदिन्छ
जुम्रालाई नलाग्ने कानुन
मलाई लाग्छ भन्छ, किन हँ जनसागर ?
आखिर टाउकाेमा बसेर खाएकाे त हाे
जुम्राेले मेराे
अनि
मैले देशकाे
खानेहरूमा किन समान दृष्टि नलाकाे
म जेल जाँदा, जुम्राे किन जेल नगाकाे?
मैले खाेला खाएँ, जुम्राले मेराे रगत
मैले देश खाएँ, जुम्राले मेराे केश
देशमा समान कानुन आउनु पर्छ
अब मैले तारिख धाउँदा, जुम्राले नि धाउनै पर्छ ।

हालः क्यालगेरी, क्यानाडा