आँशुका अणुको अन्वेषण गर्दा
पाउँछु अतितका कर्मको अभिशाप
बद्लिएका बिम्बहरू वर्षात भै
विगतकै समुद्रमा हुन्छ्न् विलाप
सतही सम्यमता मा सत्तल भै
सन्जाप ओढ्छु समाजको
खुशी र पीडाको नगिचमा
पछ्याउँछु पथ प्रकाशको
खुशी छु यही शून्यतामा
भुलाउँदै जीवनका अर्थहरू
बग्ने प्रयास गर्दछु समयसँग
कृतज्ञताको ज्ञापक भै बरु ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला