मलाई-
हुन्नलाई हुन्छ भनी भनी
झुटलाई सत्य मानी मानी
असल बनी टोपल्नु छैन
राम्रो भनी चिनिनु छैन
कसैको झुटो तारिफ गरेर
कुरामा फूलबुट्टा भरेर
सबैको प्यारो हुनु पनि छैन
मलाई सबैले आँखामा राख्दा नबिझाउने बन्नु छैन
कसैको चित्त दुख्ला कि भनी झुटलाई सत्य भन्नु छैन
धरतीमा बसेर स्वर्ग जाने राजमार्ग खन्नु पनि छैन
मेरो अठोट मात्र यत्ति छ कि-
सदैव आफूलाई मान्छे बनाउने प्रयास गर्न सकूँ
मान्छे भएर बाँच्न सकूँ, मान्छे भएरै मर्न सकूँ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला