मेरो पनि मुटु पत्थरकै रहेछ
लेखिएको तिम्रो नाम मेटिएन
लेख्न अर्को कुनै नाम
तिम्रो नाम मेट्ने कुनै औजार भेटिएन
फूलमा नडुले भमरा
भमरा कहाँ डुल्छ त
नचुमे फूल भमराले
फूल कहाँ मुस्कुराउँछ त
जब तिमीले कसमै खायौ
मलाई लाइक नगर्ने
भगवान कसम
तिम्रै नाममा धेरै कविता लेख्न मन लाग्छ
रुँदैमा पाउने भए तिमीलाई
रोइदिरहन्थेँ म
मेरो बाटोको काँडा बन्यौ भन्या भए
मरिदिन्थेँ म
हल्काहल्का खुलेको त्यो तिम्रो मुस्कान
बन्द ओठबाट फुस्किन खोजेको
त्यो तिम्रो हाँसो
बस यत्ति नै काफी छ म तिम्रो हुँ भन्न ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला