म आज लेख्दैछु आफ्नो देशको कहानी
कुनै अरुबाट हैन मेरो आफ्नै जुबानी
यो देशको यो हाल के छ, केको बेहाल
जहाँ हजारौँको संख्या अलपत्र छ खानी

शिक्षाको कुरा गर्दा शिक्षा त फुस्स छ
गरीब झन् गरीब तर धनी चैँ खुस छ
कुनै काम गराउँदा एक दिनमा हुँदैन
किनभने चल्ने त यहाँ मात्र घुस छ

निजी अस्पताल गए सम्पत्ति नै रहँदैन
सरकारीमा गए झन् मरिज नै रहँदैन
देशको जनता आखिर कसरी बाँच्ने
रोजगार नपाए देशमा युवा नै रहँदैन

न्यायिक अवस्था जस्तै लुँडोको खेल हो
अपराधीको घर त निर्दोषको जेल हो
आरती साहको न्याय कहिले आउँछ
सरकार त नेता यहाँ पुलिस पनि फेल हो

बूढो भए पनि भन्छ युवा नेता मै हो
रुँदै युवा देश छोड्छन् कहानी नै यै हो
युवा मरे दश लाख दिन्छ युवाको यो दाम हो
निर्मलाको न्याय माग्दा जनता नै बदनाम हो ।

धनुषा