पूर्वजहरूका पालामा
हाम्रा गाउँमा
रोकाहरू थिए
बनेको थियो
रोकाको चौतारो
चँदाराहरू थिए
बन्थे, ठेकी, हर्पे र मदानीहरू
बग्थ्यो– परेपानी धारामा पानी
ढकाल धारामा जप–तप
मूलपँधेरो, गहते डाँडाको पद्मलाल पाध्येको चौतारो
तीर्थ लम्सालजीको लम्सुवाघाट र डुङ्गा
जहाँ, प्यास मेट्थे तिर्खाएकाहरूले
शितल ताप्थे बटुवाले
गन्तव्य भेट्थे बाटो हराएकाहरूले
यी हाम्रा अग्रजका पौरख र पुरुषार्थ थिए
सबै यी हाम्रा इतिहास भए
हाम्रो पुस्ताको के छ पौरख ?
दिङ्गला, भोजपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला