हेर्नू बाबा आकाशका धेरै तारा जून
मलाई पनि मन लाग्यो जून तारा छुन
कति राम्रो उज्यालो छ आकाशमा जून
मनलाग्यो जूनजस्तै चहकिलो हुन

परेवाको चारोजस्तै आकाशका तारा
कति मिली बसेका ती यतिधेरै सारा
यिनका आमाबुबा अनि हजुरबुबा को हो ?
के के खान्छन् खानेकुरा छ कि छैन जो हो ?

साना देख्छु कुनै होलान् छोराछोरी यिन कै
मिलिजुली बसेका छन् सन्तान हुन् है जून कै
दिदीबैनी पनि होलान् कुनै दाजुभाइ
एक आपसमा मिली खेल्छन् सबै रमाई रमाई

किताब, कापी, कलम छैन छैन स्कुल पनि
छैनन् यिनका गुरुआमा गृहकार्य पनि
स्वतन्त्र छन् तारा जून सधैँ रमाउँछन्
हामीलाई रमाउन यिनले सिकाउँछन् ।