चित्तधर हृदय

विश्वमै नभएको
नेपाल–फूल
हावा, पानी अपुग भएर
सुकिरहेको छ ।

त्यसलाई
फेरि राम्ररी फुलाउन
धैर्यपूर्वक
समय–समयमा
निबन्धकारहरूले
खनेर, खोस्रेर
कीराहरू फालिदिनुपर्छ,
कथाकारहरूले
फूलको बोटलाई उचित पोषण
दिलाइदिनुपर्छ,
कविहरूले
अविरल अश्रुधाराले
त्यसको सिञ्चन गर्नुपर्छ ।

अनि
नेपाल–संस्कृतिको फूलबारीमा
हेर्दै मनमोहक
नेपाल–फूल फुल्ने छ ।

अनि, विश्वले भन्ने छ— ओहो, यो फूल त
अघि अघि
सैयौं वर्षअघि जस्तै
उस्तै मगमगाउँदो छ ।

अनुवादः आर. मानन्धर

 

कवि परिचय
कवि केशरी चित्तधर हृदय (ई. १९०६ — १९८२) नेपालभाषाका मूर्धन्य कवि हुन् । उनले छोटा कथा, कवितादेखि महाकाव्यसम्म लेखेका छन् । उनको सुगत सौरभ महाकाव्यको अंग्रेजी अनुवादलाई २०११मा यूनिभर्सिटी अफ क्यालिफोर्नियाले पुरस्कृत गरिएको थियो । हृदयका तेतीस वटा कृतिहरू नेपालभाषामा प्रकाशित छन् ।

उल्लिखित कविता सच्छिदँया नेपालभाषा काव्य ल्यया काव्य–संग्रहबाट साभार गरिएको हो । सो संग्रहमा उक्त कविता झी पत्रिकाको वर्ष १७ पूर्णांक १४८, १०९४ बछलामा प्रकाशित भएको उल्लेख छ ।

मूल कविता तल पढ्नुहोस्ः

नेपाल–स्वां

चित्तधर हृदय

 

चित्तधर हृदय

विश्वय् मदुगु
नेपाल–स्वां
लः, फय् मगानाः
सुखू चिनाच्वन,
उकियात
हाकनं बांलाक ह्वयेकेत
हथाय् मचासे
इलय् ब्यलय्
निबन्धकारपिसं
क्वात्तु क्वानाः खित्तु खिनाः
कीकाय् दक्व वांछ्वयाबीमाः,
कथाकारपिसं
स्वांमायात ल्वःल्वःगु नसा
चूलाकाबीमाः,
कविपिसं
मदिक ख्वबिलः हायेकेमाः,
अले
नेपाल–संस्कृतिया क्वबय्
झः झः धाःगु
नेपाः–स्वां ह्वइ ।
विश्वं धाइ— ओहो, थ्व स्वां ला
न्हापा न्हापा सलंसः दँ न्हापा थें हे
नँस्वाःनि ।

सिर्जना मितिः २०३० मंसिर ३० (ने. सं. १०९४)