बन्छन्, भत्किन्छन्
घामसँग बिलाएर जान्छन्
हिउँका आकृतिहरू

कहीँकुनै दुरुस्त मान्छेजस्ता
कुनै जनावर त
कुनै भुतजस्ता
प्रकृतिले बनाएका
मानिसले बनाएका
फरकफरक बान्कीका
रहरलाग्दा
कोही डरलाग्दा
हिउँका आकृति

जे हुन्,जस्ता हुन्
हिउँका हुन्
जीवन छैन
रुपरङ र बान्की छैन
स्वरूप मात्र हुन्
देव, दानव, मानव, भुत
जीवजन्तु
केही होइनन्
भए पनि एकछिन पग्लिने
हिउँका आकृति हुन्

बादलबाट खस्ने बरफको गुच्छा
बादलको आकृतिमा खस्दैन
हिमपात हुँदा
कपास उडाएजस्तो
पानीको एउटा स्वरुप मात्र हो
नितान्त पानी हो पानी
पानीको फोकाभन्दा अलि कडा
हिउँका आकृति

पानी रङ्गहीन
गन्धहीन र स्वादरहित
हुन्छ भन्छन् तर
पानीको हिउँ
रङ,गन्ध र स्वादसहित हुन्छ

समुद्र जल
हिमाञ्चल हिउँ
हुन्छ नै
हिउँका आकृति
सबै ठाउँ हुँदैनन्
सधैँ रहँदैनन्
रहँदासम्म गजबका हुन्छ
डराउँछन्
मन जित्छन्
सम्मोहित पार्छन्
पग्लेर जान्छन्
हिउँका आकृति

हिउँ खाउन्
हिउँ खेलुन्
हिउँसँग रमाउन्
दृश्यावलोकन गरुन्
स्नेह, प्रेम गरुन्
आखिर
पग्लेर जान्छन्
हिउँका आकृति ।

परशुराम १२ उनरुवा,डडेल्धुरा