धर्तीको तलमा रम्ने जति छन् जीव सुन्दर
रुखै हो तिनको वस्ती रुखै हो तिनको भर ।
खुलेका हरिया नाङ्गा पात छन् रुखमा जति
रूखैले चल्दछ सारा जीवात्माहरूको गति ।१।
जङ्गलै हरियो पार्छ झाडी र बोटले भरी
रूखैले पार्दछ पानी धर्ती यो सिँचिने गरी
बाँधेर राख्दछ माटो भूक्षय पनि रोक्दछ
घटाई क्षतिको मात्रा मान्छेको पिर बुझ्दछ ।२।
जहाँ छ जङ्गली क्षेत्र हरियो वनको स्थल
उब्जाउ बन्दछ माटो पाएर रुखको मल
कुरा हो स्वच्छता हाम्रो रूखबिना के पो छ र
सारा यी जीवलाई पाल्ने रुख नै हो निरन्तर ।३।
नरोकी नहुने आज विश्वको तापमान छ
रूखैले सक्दछ रोक्न बाँकी त सब मिथ्य छ ।
त्यसैले सुखको भन्दा रूखको महिमा हेर
रोपेर प्रेमले वृक्ष धर्तीको स्वरुप फेर ।४।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला