वाह !

स्याबास !

क्या बात !

उनी चुपचाप छिन् ।

 

केही थान सपनाहरु थाती राखेर

बटुल्दै छिन् औंस-औंस साहसहरु ।

पर कतै सुरिलो धुन बज्दा

गुनगुनाई दिउँ कि झैँ गर्छिन् ।

काठमाडौंको झिलीमिलीसँगै

नाचिदिउँ कि झैँ गर्छिन् ।

 

वाह !

स्याबास !

क्या बात !

भनिदिने कोही भैदिएको भए

असरल्ल कापीमा छरेर भावना

महाकाव्य नै पो लेख्थिन् ।

 

तर, लडाईं बाँकी छ र पो

बबरमहलतिरै लडिरहेकी छिन्

उही हाम्री प्यारी

तिम्री-मेरी

‘गौशाला’ ।